बुटवल। टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो हुदै त्यहा आइपुगेका थिए । ३ छोरी र २ छोरालाइ सगै ल्याएका उनले जगंलको छेवैमा रुखका पातबाट झुपडी बनाएर बस्न थाले । २ वटा खोला तर्नुपर्ने र बाटै नभएको गोरेटोमा हिडडुल गनुपर्दा उनलाइ कम्ता गारो भने भएन । तर अहिले फेरीएको गाउमा घरैअगाडी बन्दै गरेको चक्रपथले उनलाइ दङ्ग बनाएको छ । हामी आउदा पुरै जङगल थियो, टामलाल भन्छन – बिस्तारै गोरेटो बन्दै गयो । पहाडबाट बसाइ सरेर आउनेको सङख्या पनी बढ्दै गयो र कच्चि बाटो बन्यो । तैपनी गाउका अन्य ठाउमा बाटो पिच हुदा हाम्रो कच्चि नै थियो,े रिङरोड बन्न पो रहेछ । ” उनले रिङरोडले गाउको चहलपहल नै बढाउने बिश्वास गरे । २ वटा खोला तरेर राजमार्ग पुग्न पथ्र्यो अहिले त लुम्बिनी सडक पनी बनिसकेपछी पनी यस क्षेत्रको चहलपहल पनी ह्वात्तै बढेको छ , चोकैमा घर बनाएका घिमिरेले अगाडी थपे – हामीहरुले त पहिला धेरै दुख पायौ , नातीनातिनाहरुको पालामा धेरै सहज हुने भयो र चक्रपथकै कारण हाम्रो गाउको मुहार फेरिएको छ । ”
अन्य ठाउको तुलनामा आफ्नो गाउपछाडी परेको महसुस गरेका टामलाल ढिलै भएपनी ठुलो बाटो बनेकोमा गदगद देखिन्छन । ७४ बर्षीय टामलालले भने – यस्तै बिकास निर्माणमा सबै दलहरु मिलेर अगाडी बढे , हामीहरु अझै खुसी हुने थियौ । एउटा गोरेटोबाट चक्रपथसम्म आइपुग्दा जुगै फेरिएको महसुस गरेको छु । ”
“चक्रपथको सपना साकार हुदै”
नगरपालिकाको महत्वपूर्ण योजना मानिएको सैनामैना चक्रपथको काम कोभिड कहरका बीचमा पनि धमाधम भइरह्यो । अर्को वर्ष सम्पन्न हुने गरी मुलुककै लामो ५५ किलोमिटरको चक्रपथको कामले तीब्रता पाइरहेको र समयमै सम्पन्न गर्नको लागि नगरपालीकाले विशेष पहल गरेको छ ।
सैनामैना १ देखि ११ सम्मका सबै वडाका साथै बुटवल तथा लुम्बिनीलाई सहायक मार्गबाट पनि जोड्ने गरी बहुवर्षीय आयोजनाको रूपमा चक्रपथको निर्माण भइरहेको हो ।
पछिल्लो समय डेढवर्ष म्याद थपिएको आयोजनाको काम हालसम्म ७५ प्रतीशत सम्पन्न भइसकेको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले दैनिक लुम्बिनीलाई बताए । उत्तरतफको पिच भइसकेको छ भने दक्षीणतर्फ पनी यतिबेला धमाधम काम चलीहरहेकोछ ।
‘कुल ४० करोडको बजेटमा निर्माण हुन लागेको सैनामैना चक्रपथ निर्माण गर्ने हाम्रो नगरपालिका पहिलो स्थानीय तह हुनेछ,’ नगरप्रमुख कार्की भन्छन –‘बीचमा झरीले काममा बाधा भए पनि अघिपछि भने रिङरोडको कामले तीब्रता पाएको छ ।’
सैनामैना नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भिमप्रसाद तिवारीका अनुसार कोरोनाका कारण उत्पन्न परिस्थितीलाई पनि हेक्का राखी सुरक्षा मापदण्ड अपनाएर काम गरिएको छ ।
रकम फ्रिज नहुने गरी ठेकेदारलाई ताकेता गर्दै काम अघि बढाइएको छ,’ तिवारीले भने – यो वर्ष नै २० किलोमिटर पिच हुनेछ ।’
०७३÷०७४ सालमा ठेक्का भएको रिङरोडको काम समयमा सम्पन्न हुन भने सकेन । ‘गत वर्ष पनि डेढ बर्ष म्याद थप गरेर काम अघि बढाएका हौं,’ आयोजना प्रमुख उद्धब भट्टराईले दैनिक लुम्बिनीलाई बताए –
कच्चा पदार्थको अभाब पनि छैन । आशा छ अर्को वर्षमा योजनाले पूर्णता पाउनेछ ।’
नगरबासीले प्रत्यक्ष फाइदा लिने गरी बन्न लागेको चक्रपथको काम समयमै सम्पन्न गर्न नगरपालिकाले केन्द्र र प्रदेश सरकारसंग पनि समन्वय गरेको नगरप्रमुख कार्कीले बताए ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�