साउन ११, सैनामैना ।
सैनामैना नगरपालिकाले नगर भित्रका सबै सामुदायिक बिद्यालयहरुलाई उच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर हस्तान्तरण गरेको छ ।
पानीका कारण संक्रमण नहोस भन्ने उद्देश्यले सबै सामुदायिक विद्यालयमा फ्रिज जडान भएको उच्च प्रबिधिको फिल्टर उपलब्ध गराइएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । नेपाल सरकारको निति अनुसार सबै बिधालयमा छात्रा तथा महिला कर्मचारीलाई आवश्यक पर्ने सेनेटरी प्याड र भेन्डीङ्ग मेशिन खरिद गरी उपलब्ध गराइएको कार्कीको भनाइ छ ।
महिला कर्मचारी तथा विद्यालयका छात्राहरु महिनावारी भएको बेलामा कुनै समस्या नहोस र सामान्य अवस्थामा जस्तै कार्य गर्न सकुन भन्ने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको हो । सबै कार्यालयहरुमा आधारभुत स्वास्थ्य सुरक्षा प्रदान गरेर मात्र संचालन गर्न कार्कीको आग्रह छ ।
नगर भित्रका आधारभुत विद्यालयलाई ५० लिटर क्षमताको र माध्यमिक बिधालयलाई २०० लिटर क्षमताको उच्च स्तरको चिसो पानी आउने प्रबिधिको फिल्टर उपलब्द्य गराइएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
सबै सामुदायिक बिधालयहरुलाई बर्ष भरी पुग्ने गरी सेनेटरी प्याड उपलब्ध गराइएको सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताउनुभयो । बिधालयमा संचलानको समयमा छात्राहरुलाई महिनावारीको समयमा पनि सहज रुपले अध्ययनमा सहभागी हुन भन्ने उद्देश्यका साथ सेनेटरी प्याड प्रदान गरिएको शिक्षा शाखा प्रमुख अर्यालको धारण छ ।
बिधालयमा स्वच्छ पानी उपलब्ध होस भन्ने हेतुले नगरपालिकाले फिल्टर उपलब्ध गराएकोमा आफुहरु उत्साही भएको रामापुर मा.बि का प्रधानाध्यापक कृष्ण पौडेलले बताउनुभयो । महिनावारीको समयमा धेरै छात्राहरु बिधालयमा अनुपस्थित हुने समस्या टरेको सैनामैना पर्रोहा परमेश्वर माबिका प्रधानाध्यापक नेत्रलाल पुरीले बताउनुभयो ।
सबै बिधालयलाई उपलब्ध गराउने उद्देश्य अनुरुप रु २५ लाखको लागतमा १८ वटा उच्च प्रबिधिको फिल्टर खरीद गरिएको नगरपालिकाले जनाएको छ । ७१ हजार प्याकेट सेनेटरी प्याड ३८ लाख र १८ वटा भेडिङ्ग मेशीन ३ लाख ६० हजारमा खरिद गरी सामुदायिक विद्यालयलाई उपलब्ध गराइएको सैनामैनाको जिन्सी शाखाले जनाएको छ ।
..jpeg)


थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�