भाद्र २४, सैनामैना ।
सैनामैनामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नगरले सक्रियताका साथ योजना अगाडि बढायो । संक्रमित सँगको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव परीक्षण देखि निगरानीमा समेत नगरले चासो देखायो ।
साथै लक्षण नदेखिएका रिपोर्ट आउन बाकी रहेका व्यक्तिहरुलाई घरमै होम क्वरेन्टिमा बस्न समेत आग्रह गर्यो । नगरले संक्रमित सँगको प्रत्यक्ष सम्पर्कमा रहेका ३२३ जनाको स्वाब संकलन गरि परिक्षणका लागी पठायो । जसमा ९ जनामा मात्र कोरोना संक्रमण देखियो ।
सैनामैनामा सबैको सहयोग र साथले नै कोरोना महामारीसँग जुध्न सहज भएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभएको छ । ठुलो संख्यामा स्वाब परिक्षण गर्दा थोरै मात्र संक्रमित हुनु खुशीको कुरा रहेको उल्लेख गर्दै एउटा ठुलो संकटबाट हाललाई मुक्त भएको समेत कार्कीको भनाइ छ ।
प्रमुख कार्कीले भन्नुभयो –“ धेरैले सैनामैनामा कोरोना महामारीकै रुपमा व्यापाक मात्रमा फैलिने आशंका गरेको बताउँदै त्यो गलत साबित भएको छ । ”
सैनामैनामा सबैको सहयोगले नै कोरोना रोकथाममा सहयोग पुगेको बताउँदै कार्कीले आगामी दिनमा पनि अझ स्वास्थ्य सुरक्षा सर्तकतामा सचेत हुदै दैनिकी चलाउनु पर्ने बताउनुभयो ।
फ्रन्ट लाईनमा बसेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी बर्ग, एम्बुलेन्स चालक,राजनैतिक दल, समाजसेवी लगायत सिङ्गो नगरबासीको सहयोग र साथले नै महामारी रोकथाम गर्न सफल हुदै आएको समेत कार्कीको धारण छ ।
यस्तो छ, सैनामैनामा कोरोनाको अवस्था
सैनामैनामा हाल सम्म करिब १३५० जनाको पिसिआर परिक्षण गरिएको छ । जस मध्ये ८० जनामा कोरोना संक्रमण देखिएको छ । ८० जना मध्ये ४७ जना निको भईसकेका छन भने १ जनाको मुत्यु भएको हो । बाकी २४ जना सैनामैना १ मा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको आईसोलोशन अस्पतालमा, २ जना बुटवल आइसोलेशन अस्पतालमा रहेका छन भने ६ जना होम आईसोलेशनमा रहेको सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थीले बताउनु भयो ।
सैनामैनामा हाल सम्ममा कन्ट्रयाक टे«सिङमा रहेका ३२३ जना, समुदायस्तरमा २८७ जना र दिर्घ रोगी २२ जनामा कोरोना परिक्षण गरिएको नगरले जनाएको छ । जस मध्ये कन्ट्रयाक टे«सिङबाट ९ जनामा, समुदायस्तरबाट ९ जनामा कोरोना संक्रमण पाईएको हो । दिर्घ रोगी २२ जनामा सबैमा भने कोरोना नेगेटिभ रहेको छ ।

नगर प्रमुख सहितको टोली संक्रमितको मनोबल बढाउन घर घरमा
सैनामैना नगरपालिकाका प्रमुख चित्रवहादुर कार्की अहिले कोरोना संक्रमितहरुको घरदैलो गर्दै उनीहरुको मनोबल बढाउन अग्रसर हुनुभएको छ ।
होम क्वरेन्टिनमा बसेकाहरुको मनोबल बढाउने र उनीहरुमा थप हौसला प्रदान गर्न नगर प्रमुख कार्कीको अहिले दैनिकी नै बनेको छ ।
कोरोना संक्रमितहरुको मनोबल बढाउन प्रमुख कार्कीले संक्रमितहरु बसेको घर घरमै गएर उनीहरुको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने क्रम चलेको छ ।
खासगरी संक्रमितहरुमा उच्च मनोबल आवश्यक पर्ने भएपछि नगर प्रमुख अहिले प्रत्येक दिन होम क्वारेन्टिनमा बसेकाहरुको घरदैलोमा गएर आवश्यक परामर्श गर्ने, मनोबल बढाउने र छिटै निको भएर सामान्य जीवन यापन गर्नका लागि शुभकामना समेत दिने गर्नुभएको छ ।
नगर प्रमुख कार्कीले होम क्वरेन्टिनमा मात्र होइन बनकट्टामा रहेको पदमपाणी योग चिकित्सालयमा निर्माण गरिएको क्वारेन्टिनमा दैनिक जाने र त्यहाँ रहेका संक्रमितहरुसंग भेटघाट गर्ने गर्नुभएको छ ।
यसैवीच नगर प्रमुख कार्कीले संक्रमितका परिवारलाई समेत भेटेर परिवार र समाजले संक्रमितलाई गर्न सक्ने दुव्र्यवहार जस्ता कृयाकलाप अन्त्य गर्न समेत भूमिका खेल्नुभएको छ ।
कोरोना जोखिमको बेला समेत होम क्वरेन्टिनमा बसेकाहरुको घर घरमा पुगेर नगर प्रमुख कार्कीले हौसला बढाउने काम गरेकोमा संक्रमित र तिनका परिवारले खुसी व्यक्त गरेका छन भने संक्रमितहरुले आफूहरुमा हौसला र थप आत्मविश्वास बढेको बताएका छन ।

८ प्रकारका दिर्घ रोगीकोे निःशुल्क पीसीआर परीक्षण
सैनामैनाले दिर्घरोगी बिरामीहरुका लागि पीसीआर रिपोर्टको अभावमा बिरामीको उपचारमा समस्या हुन थालेपछि त्यसको सहजताका लागि नगरपालिकाले नि ः शुल्क पीसीआर परीक्षण गरेको छ ।
नगरभित्र बसोबास गर्ने विपन्न परिवारका सदस्य एवम् विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका डायलसिस, क्यान्सर लगायतका बिरामीहरुको नि ः शुल्क परीक्षण गरिएको हो ।
अहिले सम्म नगरबाट २२ जना बिरामीहरुको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबैको नेगेटिभ रिर्पोट आएको नगरपालिकाले जनाएको छ । नगरमा रहेका अन्य विपन्न परिवार तथा दिर्घ बिरामीहरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न समेत पन्थीले आग्रह गर्नुभयो ।
बजार अनुगमन
कोभिड नियन्त्रण तथा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनँदै आजदेखि जिल्लामा व्यापार व्यवसाय आन्तरिक रुपमा निश्चित समयका लागि खोल्ने निर्णय गरेसँगै सैनामैनामा खुलेका अधिकांश व्यवसायीहरुले भने स्वास्थ्य मापदण्ड पुरा गरे नगरेको अनुगमन नियमित रुपमा गर्दै आएको छ ।
नगरपालिकाका नगर उपप्रमुख बिना रानाको नेतृत्वमा नगरपालिकाका विभिन्न ठाउँहरु बनकट्टा, रानिबगिया, मुर्गिया र बुद्धनगर, क्लौनी, बासगढी, सालझण्डी क्षेत्रका पसलहरुमा बजार अनुगमनमा गर्दै आएको छ ।
व्यापारी व्यवसायीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भयो ।
महामारीको बेला हुन सक्ने कालो बजारी रोक्न समेत बजार अनुगमनलाई तिव्रता दिईएको बताउदै उपप्रमुख रानाले सुरक्षा मापदण्ड विपरीत व्यवसाय संचालन गरेको पाइएमा नियम बमोजिम कारबाही गरिने समेत उपप्रमुख रानाले बताउनुभयो ।
त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा प्रदान गर्न आग्रह आग्रह गरिएको छ । अधिकांश पसलमा उपप्रमुखकै उपस्थितिमा सुरक्षा घेरा समेत बनाउन लगाइएको थियो ।
उपप्रमुख रानाको नेतृत्वमा सैनामैना उद्योग वाणिज्य संघका प्रतिनिधी , सैनामैना व्यापार संघका प्रतिनिधी, उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका प्रतिनिधी, इलाका प्रहरी कार्यालय रन्यौरा ( मुर्गिया ) , इलाका प्रहरी कार्यालय सालझण्डीका प्रतिनिधी, नगरपालिकाका कर्मचारी लगायतको टोलीले बजार अनुगमन गर्दै आएको छ ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�