सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । नगरपालिकाले मौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० वटा घार वितरण गरेको हो । नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा मौरी पालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ जना कृषकहरुलाई दुई दुई वटाका दरले मौरीको घार प्रदान गरिएको हाे । नगरपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्म निर्भर बनाउने उद्देश्यले घार सँगै मौरी पालनका लागि आवश्यक पर्ने अन्य सामग्रीहरु कृषकका लागि उपलब्ध गराइएको छ ।


थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख च�