सैनामैनामा आज अर्थमन्त्री विष्णुप्रसाद पौडेल

सैनामैना, १० मंसिर । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूले रुपन्देहीको सैनामैना नगरपालिकालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनु भएको छ ।सैनामैनामा निर्माण सम्पन्न भएका नवनिर्मित दुई विद्यालय भवनको बुधवार विहान उद्धघाटन गर्दै पौडेलले यस क्षेत्रका ठूला तथा साना आयोजनालाई सम्पन्न गर्दै सैनामैनालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनु भएको हाे ।सैनामैनामा निर्माण सम्पन्न भएका नवनिर्मित दुई विद्यालय भवनको बुधवार विहान उद्धघाटन गर्दै पौडेलले यस क्षेत्रका ठूला तथा साना आयोजनालाई सम्पन्न गर्दै सैनामैनालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनु भएको हाे ।

सैनामैना वडा नं ३ मा रहेको लामिरह उच्च बाँध निर्माण आयोजना सैनामैनाको मात्र नभएर राष्ट्रिय गौरवको आयोजना भएको पौडेलको भनाइ छ । सैनामैना १ मा रहेको ऐतिहासिक स्थल रानिकुवाको नजिकै गौतम बुद्ध सँग सम्बन्धित पुरातात्विक वस्तुहरुको संग्रह गरि आधुनिक व्यवस्थित संग्रहालयको निर्माण प्रक्रिया समेत अगाडि बढेको उहाले बताउनु भयाे । सैनामैना चक्रपथले नगरलाई नयाँ उचाईमा उठाउन सहयोग गर्ने तथा बुटवल र सैनामैनामाको सिमा कर्शाघाटमा बन्न लागेको कृषि उपज केन्द्र कृषि उत्पादनलाई प्रोत्साहित गर्ने महत्वपूर्ण आयोजना भएको उहाँको भनाइ थियाे ।

त्यसैगरी सैनामैना वडा नं १ र बुटवल उपमहानगरपालिकाको वडा नं. १६ मा रहेको कर्साघाटको वारिपारी कृषि उत्पादनलाई प्रोत्साहन गर्न आधुनिक कृषि प्रशोधन केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । पौडेलका अनुसार आधुनिक प्रशोधन केन्द्र नगरको मात्र नभएर लुम्बिनी प्रदेशकै ठूलो र कृषि उत्पादनलाई प्रोत्साहित गर्ने एउटा महत्वपुर्ण आयोजना हो ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो