सैनामैनाको बाँसगढीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन

सैनामैना । 

रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ८ बाँसगढीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन गरिएको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले समुद्घाटन गर्नुभएको हो ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले नगरका सबै वडामा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्न गइरहेको बताउनुभयो । उहाँले स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सुरुवाती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य स्वरुप वडामा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । 

यस स्वास्थ्य केन्द्रबाट ३९ किसिमका औषधीहरु नि ःशुल्क पाइनेछ । विशेषगरी महिलाहरुलाई मातृ सुरक्षा सेवा,परिवार नियोजन सेवा लगायत अन्य सेवाहरु उपलब्ध हुनेछन् ।

समुद्घाटन कार्यक्रम वडा नं ८ का वडाध्यक्ष रामशरण न्यौपानेको अध्यक्षता तथा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख बिना रानाको विशिष्ठ आतिथ्यतामा भएको हो । 

कार्यक्रम वडा सदस्य ईश्वरी भणडारीको स्वागत तथा नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीको संयोजनामा सम्पन्न भएको हो । 

Please Click Here for the original source : 

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो