भूमि सम्वन्धी समस्या समाधानका लागि सैनामैनामा छलफल

भूमि सम्वन्धी समस्या समाधान गर्ने विषयमा रुपन्देहीको सैनामैनामा वृहत छलफल तथा अभिमुखिकरण गरिएको छ । सैनामैनाका जनप्रतिनिधि, टोल विकास समिति र कर्मचारीहरूका विच बुधबार छलफल गरिएको हो । 

भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासी व्यवस्थापन सम्वन्धी संवैधानिक तथा कानूनी व्यवस्था, भूमि आयोगको गठन, जिम्मेवारी र प्रमुख गतिबिधि, संबिधानमा भएको व्यवस्था, भूमि सम्बन्धी ऐन २०२१ को आठौं संशोधनमा भएको व्यवस्था, भूउपयोग ऐन २०७६ मा भएको व्यवस्था, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनमा तहगत जिम्मेवारीहरु, भूमि आयोगको गठन लगाएतका विषयमा छलफल गरिएको थियो ।

अहिले स्थानीय तहको छनौट र समझदारीपत्रमा हस्ताक्षर भैसकेको छ, स्थानीय तहको तयारी जस्तो की वजेट, जनशक्ति, कार्यालय र साधन लगत संकलनको लागि आयोगवाट सुचना प्रकाशन, वडास्तरमा लगत संकलन वा निवेदन संकलन वडाको निर्णय गरी वडावाट सिफारिस, नापनक्शा, कार्यपालिकावाट प्रमाणीकरण, आयोगवाट स्वीकृति, जिल्लावाट स्रेस्ता पुर्जा र नक्शा प्रमाणित भएपछि स्थानीय तहवाट पुर्जा वितरण गरिने सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । 
यस अवधिमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा स्थानीय कार्यपालिकालाई सहयोग र सहजीकरण गरिने उहाँले बताउनु भयो ।

संविधानको अनुसूचीमा भएको व्यवस्था अनुसार मुक्त कमैया, कम्हलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीहरूको पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गरिने उहाँको भनाई छ ।

भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीले जग्गाधनी पुर्जा पाउनका लागि नेपाली नागरिक हुनुपर्ने, कार्यविधिले तोके वमोजिमको निवेदन वा प्रश्नावलीको ढांचा अनुसारको आफ्नो वा आफ्नो परिवारका सवै सदस्यको विवरण सहितको निवेदन, नेपाल राज्यभरमा आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा रहेको सम्पुर्ण जग्गाको जग्गाधनि प्रमाण पूर्जाको प्रतिलिपि, नेपाल सरकारद्वारा बसोबास गर्ने उद्देश्यले स्थापित संस्थाको जग्गामा वसोवास गरेको वा आवाद कमोत गरेको अव्यवस्थित वसोवासी भए सम्वन्धित सस्थाले सो जग्गा दिन सहमति गरेको निर्णय हुनु पर्ने सैनामैना उपप्रमुख विना रानाले बताउनु भयो । 

स्थानीयस्तरमा अव्यवस्थित बसोबासको व्यवस्थापन, भुमिहिन सुकुम्बासीका लागि नापी नक्शा तथा जग्गाको स्वामित्व निर्धारण, जीविकोपार्जन र बसोबास व्यवस्था हुने गरि नगरपालिकाले काम अघि बढाएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

छलफलमा सैनामैनाका जनप्रतिनिधि, टोल विकास समिति र नगरपालिकाका कर्मचारी, समाजसेवी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । 

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो