सैनामैनामा भूमि आयोगको लगत संकलन सुरू

सैनामैना नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ कार्यालय उद्घाटन भएको छ । नगरप्रमुख चित्रबहादुर कार्कीले भूमिहीन लक्ष्मी दमाईको लागत फाराम गणकमार्फत बुझेर सैनामैनाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्य सुरु भएको हो । 

 

भूमिसम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाइ कार्यालय उद्घाटन अवसरमा नगरप्रमुख कार्कीले भूमिहीन दलित वा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्य अघि बढेको जानकारी दिए । ‘जग्गाधनी पुर्जा उपलब्ध गराउन नियमअनुसार यो काम अघि बढेको छ’, नगरप्रमुख कार्कीले भने ।

 
माघभर अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने र भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई आवासका लागि १ कठ्ठा र कृषिलाई ६ कठ्ठासम्म जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था भएबमोजिम प्रक्रिया पुर्‍याएर वितरण गरिने नगरप्रमुख कार्कीले जानकारी दिए ।

 

‘भोगचलन गरेको भनी आफूसँग भएको प्रमाणसहित लगत संकलन गरिपाऊँ भनेर एउटा निवेदन दिनुस्,’ नगरप्रमुख कार्कीले भने, ‘हाम्रा गणक तथा जनप्रतिनिधिले लगत संकलनका क्रममा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी भए-नभएको पहिचान गर्छन् ।’

 

भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरेलगत्तै सैनामैना तयारी सुरु भएको हो । सैनामैनाले नगरभित्रका १ सय ७ वटै टोल विकास संस्थाबाट गणक छनोट गरी उनीहरूलाई आवश्यक परामर्श तथा अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । 

 

नगरपालिकाले भूमिसम्बन्धी समस्या इकाइ कार्यालयको संयोजकमा सैनामैनाका अधिकृत प्रमोद खनाललाई तोकेको छ भने अधिकृत सन्तकुमार चौधरी र केवशराज अर्याल नगरस्तरीय कार्यालयबाट खट्नेछन् ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो