रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ७ देउवापुरमा अग्र्यानिक स्रोत केन्द्र स्थापनाको तयारी भएको छ ।
सैनामैना नगरपालिका र यूएनडिपिको आर्थिक सहयोग र सेतो गुँरास बाल बिकास केन्द्रको समन्वयमा स्रोत केन्द्र स्थापना गर्न लागिएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले विपन्न परिवारलाई आयआर्जनका गर्नका लागि खर्च गरिएको रकमको सदुपयोग गर्न कृषकलाई आग्रह गर्दै यसबाट कृषि क्षेत्रमा स्वरोजगारी वढेको बताउनुभयो । गरीब बिपन्न तथा पछाडी गरेको समुदायको आर्य आर्जनमा बृद्धि गर्ने उद्धेश्यले यो कार्यक्रम ल्याईएको समेत प्रमुख कार्कीले बताउनु भयो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका बलराम पौडेलले कोभिडबाट प्रभावित भएको परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन भएको जानकारी दिदै आय आर्जनलाई जोडेर स्रोत केन्द्र बनाउन सकिन्छ भन्नुभयो ।
त्यसका लागि अग्र्यानिक तरकारी उत्पादनमा कृषकलाई अभ्यस्त गराउनुका साथै पूर्वाधार निर्माणमा जोड दिइएको सेतो गुँरास, रुपन्देहीकी प्रमुख सुमित्रा शर्माले जानकारी दिनुभयो ।
उहाँले अग्र्यानिक होटेल निर्मााणमा समेत जोड दिएको र सो को लागि साना कृषकहरुलाई सिप सिकाइमा जोड दिइएको छ भन्नुभयो ।
सो स्थानमा नगरपालिकाले करिव ५ विगाहा क्षेत्रफलमा १५ विपन्न समुदायका परिवारले विभिन्न खेती गरेका छन । त्यसबाट वार्षिक रु. ३ लाख आम्दानी गरेको बताइएको छ ।
खास गरी खुर्सानी, सखरखण्ड, फूल खेती, लगातयका नर्सरी र खेती भएको छ ।
सो कार्यका लागि १३ किसिमका विभिन्न सामग्री किसानलाई हस्तान्तरण भएको छ । कार्यक्रमको संचालन सेतो गुँरास बाल बिकास केन्द्र दिनेश क्षेत्रीको रहेको थियो ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�