सैनामैनाले खोल्यो कृषक पाठशाला

रुपन्देही - सैनामैना नगरपालिकाले कृषकलाई ज्ञानसीप प्रदान तथा गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषक पाठशाला सुरु गरेको छ । सैनामैनाको वडा-२ मा सुरु गरिएको पाठशालाको नगरप्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् । 


सैनामैना क्षेत्रको कृषि उत्पादन बढाउन तथा किसानलाई ज्ञानसीप सिकाउने उद्देश्यले सुरु गरिएको पाठशालाबाट किसान लाभान्वित हुने विश्वास नगरप्रमुख कार्कीको छ ।


उनले भने, ‘वातावरणीय सन्तुलन कायम राखी रोग, किरा तथा झारपात व्यवस्थापन, प्रविधिबारे निर्णय लिन सक्ने क्षमता कृषकमा विकास गर्न सकिए उत्पादन बढाउन सकिन्छ । पाठशालाले किसानमा कृषि कार्यक्षमताको विकास गर्नेछ’, कार्कीले भने ।


कृषकले जैविक तथा प्रांगारिक मल प्रयोगलाई प्राथमिकता दिनुपर्ने र कीटनाशक विषादी एवं रासायनिक मल प्रयोग घटाउन सके स्वास्थ्यमा हुने विभिन्न समस्या केही कम गर्न सकिने नगरप्रमुख कार्कीको तर्क छ । 


सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले कृषकहरूलाई विशेष प्राथमिकतामा राखेर अगामी दिनमा पनि प्रोत्साहनमूलक कार्यक्रम गरिने जानकारी दिइन् ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषकलाई समय–समयमा तालिम, बिउबिजन, विभिन्न यन्त्र, मललगायतका कृषि समाग्री निःशुल्क तथा लागत सहभगितामा वितरण गरिएको बताए ।


कार्यक्रममा वडा-२ का वडाध्यक्ष कामदेव भुसालले वडाबासीको मागअनुसार कृषक पाठशाला स्थापना गरिएको जानकारी दिए । यो कार्यक्रम हाल सैनामैनाका ५ वडामा सञ्चालन गरिएको छ, जसमा २, ६, ९, १० र ११ वडा रहेका छन् । नगरका अन्य वडामा पनि विस्तारै कार्यक्रम सञ्चालन गरिने कृषि शाखा प्रमुख सिर्जना सुवेदीले बताइन् ।


‘कृषकलाई १६ सातासम्म पाठशालामा सहभागी गराएर उनीहरूलाई कृषि उत्पादनका विषयमा ज्ञानसीप प्रदान गर्ने कार्यक्रम छ’, सुवेदीले भनिन् । आईपिएम कृषक पाठशालाले एकीकृत शत्रुजीव व्यवस्थापनको सिद्धान्त अँगालेको हुन्छ ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैना नगरपालिका वडा नं ३ काे प्रशासकीय भवन उद्घान ।

सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख च�

यसरी बन्दै छ देशकै लामो चक्रपथ !

रूपन्देही- सैनामैनामा नेपालकै सबैभन्दा लामो ५४ किलोमिटर चक्रपथ आयोजनाको कार्य धमाधम हुँदै छ ।  सैनामैना नगरपालिकाकोे वडा नं. १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिव २० किलोमिटर उत्तरतर

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ ।

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । नगरपालिकाले मौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० व�