सैनामैनामा महिलाहरुलाई सिलाईकटाई मेशिन

रुपन्देहीको सैनामैना नगरपालिकामा सिलाईकटाई ( हेभी खुट्टे ) मेशिन वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाका सबै वडाका गरि २५ जना महिलाहरुलाई वुधवार एक कार्यक्रमको आयोजना गरि उक्त मेशिन वितरण गरिएको हो ।

नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा विपन्न घरपरिवारका महिलाहरुलाई ड्रेस मेकर सहित करिब ४ लाखको लागतमा मेशिन प्रदान गरिएको हो । उक्त मेशिन सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चित्र बहादुर कार्कीले नगरपालिकाले महिलाहरुलाई व्यवसायिक र अत्मनिर्भर बनाउन हस्तकला, सिलाइकटाई, ब्युटीपार्लर लगायतका तालिमहरू सञ्चालन गर्दै आईरहेको बताउनुभयो । उहाँले यहाँका महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आधारभूत सिलाईकटाई तालिम लिईसकेका महिलाहरुलाई मेशिन प्रदान गरिएको बताउँदै यसको पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । प्रमुख कार्कीले अरु महिला दिदीबहिनीहरुका लागि पनि प्रेरणा मिल्ने गरि सीप सिक्नुपर्नेमा जोड दिदैँ व्यवसायिक सफलताको कामना गर्नुभयो । 

कमजोर आर्थिक अवस्था भएका महिलाहरुका लागि उनीहरुको आयआर्जनमा थप टेवा पुगोस् भन्ने हेतुले सिलाई मेशिन वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । 


नगरपालिकाको महिला तथा बालबालिका शाखाले यसअघि नै महिला दिदीबहिनीहरुलाई सिलाईकटाई सम्बन्धि एडभान्स तालिम दिने योजना बनाएको थियो । यद्यपि, कोरोना भाइरस संक्रमणका कारण उक्त तालिम भने रोकिएको थियो ।

परिस्थिति सहज हुनासाथ महिलाहरुलाई ३ महिने सीपयुक्त तालिम प्रदान गरिने महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेशिन प्राप्त गरेपछि वडा नं. १० की मायाँ पौडेलले खुसी व्यक्त गर्दै नगरपालिका प्रति धन्यवाद ज्ञापन गर्नुभयो । उनले मेशिनको पूर्ण रुपमा सदुपयोग गर्ने बताउँदै व्यवसायिक रुपमा आत्मनिर्भर बन्न अझै तालिमको आवश्यकता रहेको औँल्याउनुभयो ।  कार्यक्रमको सञ्चालन डिला रानाले गर्नुभएको थियो ।

https://www.radiomalmala.org/news-details/4287/2021-07-07?fbclid=IwAR14iFbujhIX0YYoEZcuIB6VYTeeMkevuNds30bik9rcZyQ8cGxJUl3o73E

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो